site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वसदस्य एवं कर्णाली याक्सका क्रिकेटर शिखर धवनले एनपीएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।

एनपीएल खेल्न शुक्रबार नेपाल आइपुगेका शिखर धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन् । नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपीएल खेल्न आफू तयार भएको उनको भनाइ छ ।

उनले एनपीएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट बिक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए । अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro