site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापनमा सहमति

काठमाडौं । एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । 

उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबर्द्धित परियोजना हो । यो परियोजना दुई वर्षमा सम्पन्न गर्न चिनियाँ ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ । 

यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सब स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत् खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ ।

यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्