site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीविरुद्ध दुर्गा प्रसाईंले यसरी फैलाए भ्रम

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नो भेरिफाइड फेसबुकमा ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ लेख्दै ६ मिनेट ११ सेकेन्डको भिडियो हालेका छन् । सोमबार अपराह्न ४ बजेर ३६ मिनेटमा प्रसाईंको फेसबुकमा पोस्ट गरिएको उक्त भिडियो हाल समाजिक सञ्जालमा ‘भाइरल’ छ ।

कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीको प्रमाण देखाएको प्रसाईंले दाबी गरेका छन् । उनले कम्बोडियाको कम्पनी स्मार्ट आजियाटामा ओलीको लगानीको प्रमाणका रूपमा दुईवटा मोबाइलमा देखिएका कागजको भिडियो रेकर्ड गरेका छन् ।

भिडियोमा प्रसाईंले एकजना अर्को व्यक्तिसँग कुराकानी गरेको पनि देखिन्छ । त्यही कुराकानीका क्रममा देखाइएका स्क्रिनसट लिएर र मोबाइलमा देखाइएका कागजातको स्क्रिनसटका आधारमा भिडियो बनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्बोडियाको स्मार्ट आजियाटामा ओलीको लगानी भएको दाबी गरिएको भिडियोमा ३४ सेकेन्डमा देखिने कागजमा ओलीको नाम अंग्रेजीमा Khadka Prasad Oll (KP Oll)Ú लेखिएको देखिन्छ ।

भिडियोको ४ मिनेट ६ सेकेन्डमा ओलीको नाम परिवर्तन भएर Khadga prasad Oll (KP Oll) लेखिएको देखिन्छ ।

प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा हस्ताक्षर मिति १४ मे २०१९ लेखिएको छ । परराष्ट्र मन्त्रालयको विवरणानुसार, ओली सन् २०१९ को १३ मे देखि १५ मेसम्म कम्बोडिया भ्रमणमा थिए ।

कम्बोडिया र नेपालले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओली तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित कम्बोडिया भ्रमणमा गएका थिए । ओली त्यतिखेर कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा त्यहाँ गएका थिए । उक्त भ्रणका क्रममा नेपाल चेम्बर अफ कमर्स र कम्बोडियाको चेम्बर अफ कमर्सबीच सम्झौता भएको थियो । 

हेर्नुहोस् दुई देशका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्ति

हेर्नुहोस् चेम्बर अफ कमर्स कम्बोडियाको फेसबुक पोस्ट

प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा स्मार्ट आजियाटाका तर्फबाट हस्ताक्षरकर्ताका रूपमा थोमस हडन्टको नाम छ । उनी हाल आजियाटाको चिफ स्टार्टेजिक एन्ड टेक्नोलोजी अफिसर हुन् । उनको इमेल ठेगाना भनेर लेखिएको info@axita.com थोमसको नभई मिडिया र कर्पोरट जानकारीका निम्ति आजियाटाले उपलब्ध गराएको इमेल ठेगाना हो ।

कम्बोडियाको स्मार्ट आजियाटामा प्रधानमन्त्री ओलीको लगानी रहेको दाबी गरिएको भिडियोमा देखाइएका कागजात हेर्दा तिनको आधिकारितामाथि विश्वास गर्न सकिँदैन । किनभने, प्रसाईंले दाबी गरेका कागजतमा ओलीको नाम नै मिल्दैन । ओलीको नागरिकतामा केपी शर्मा ओली नाम छ । प्रसाईंले दाबी गरेका कागजतमध्ये एउटामा 'Khadka'  र अर्कोमा'Khadga' लेखिएको देखिन्छ ।

प्रसाईंले दाबी गरेका कागजतमा ओलीको स्पेलिङ पनि गलत छ । ओलीको स्पेलिङ OLI हुनुपर्नेमा Oll लेखिएको छ ।

भिडियोमा देखाइएका यी प्रमाण हेर्दा प्रसाईंले ओलीको लगानी भन्दै दाबी गरेका कागजात गलत हुन् । यी कागजातले कम्बोडियामा ओलीको लगानी पुष्टि गर्न सक्दैनन् ।

प्रसाईंले कम्बोडियामा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको यो पहिलोपटक होइन । ०८० कात्तिकमा पनि प्रसाईंले कम्बोडियामा ओलीको तीन हजार करोड रुपैयाँ लगानी भएको दाबी गरेका थिए । जवाफमा ओलीले सोही कात्तिक १३ गते भनेका थिए, “कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।”

कम्बोडियामा ओलीको लगानीबारे भिडियो बनाएको भन्दै प्रहरीले प्रसाईंलाई मंगलबार पक्राउ गरिसकेको छ । यसअगाडि पनि प्रसाईं साइबर अपराधमा पक्राउ परेका थिए ।

s2-1732009427.jpg

s1-1732009427.jpg

s3-1732009427.jpg

s5-1732009427.jpgs4-1732009427.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्