site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पिकनिकबाट फर्कंदै गर्दा स्कुल बस दुर्घटना, २८ जना घाइते
Tiktok banner adTiktok banner ad

भरतपुर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४, पदमपुरस्थित चित्रवन माविको मधेस प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ ५ बजे कालिका–९, द्रव्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालक, विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । घाइतेमध्ये हाल चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए ।

उनका अनुसार, ३० विद्यार्थीसहित बसमा ३२ जना सवार थिए । पिकनिक गएर फर्कंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro