site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशका सहिद परिवारको प्रदर्शन

जनकपुर । मधेस आन्दोलनका सहिद परिवारका सदस्यले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेका छन् । उक्त आन्दोलनमा मधेस प्रदेशबाट ५२ जना सहिद भएका थिए ।

सात वर्षआगाडि मधेस प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकबाट सहिद परिवारका एक/एकजनालाई रोजगारी दिने निर्णय गरिएको थियो । हालसम्म निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारका सदस्य आन्दोलनमा उत्रिएका हुन् ।

मुख्यमन्त्रीको कार्यालयअगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका सहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्कने चेतावनी दिएका छन् ।

सहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे ।

उनका अनुसार, ५२ सहिद परिवारका एक/एक सदस्यलाई रोजगारी दिने सरकारले निर्णय गरेको थियो । सात वर्षसम्म त्यो निर्णय कार्यान्वयन भएको छैन । केही सहिद परिवारलाई मात्र करारको जागिर दिइएको छ । उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए ।

यादवले भने, “सरकारले गरेको निर्णयानुसार सबै सहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको छ ।” रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro