site stats
बाह्रखरी :: Baahrakhari
देश
जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरकाे एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको हो ।

Argakhachi Cement Island Ad

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले शुक्रबार एमालेलाई पठाएको पत्रमा उल्लेख छ ।

jari-1732288596.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्