site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फर्काइयो, रविलाई ल्याउने तयारी
फाइल तस्बिर ।

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए । बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।  

सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ ।

जोशीलाई शुक्रबार नै फर्काएर लामिछानेलाई शनिबार ल्याउने तयारी प्रहरीको छ । विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro