site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा 

काठमाडौं । आज एकै दिन दुई नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ रिलिज भएका हुन् । 

‘तेल भिसा’ पारिवारिक कथावस्तुमा र ‘अग्निदहन’ सामाजिक कथावस्तुमा बनेका चलचित्र हुन् । 

‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्राई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले काठमाडौं उपत्यकामा २७ शो दिएको छ । 

Dabur Nepal
NIC Asia

‘अग्निदहन’ले भने काठमाडौं उपत्यकामा क्यूएफएक्सका आउटलेटमा जम्मा तीन शो पाएको छ । 

‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । 

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो । यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । 

अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद छ । कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro