site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूलो हवाई आक्रमणको आशंकापछि युक्रेनस्थित अमेरिकी दूतावास बन्द

काठमाडौं । युक्रेनको राजधानी किभस्थित अमेरिकी दूतावास बन्द गरिएको छ । अमेरिकाको कन्सुलर मामिला विभागले सामाजिक सञ्जाल एक्समा सम्भावित हवाई आक्रमणको जानकारी पाएको उल्लेख गरेको छ ।

“किभस्थित अमेरिकी दूतावासले बुधबार (नोभेम्बर २०)मा सम्भावित महत्त्वपूर्ण हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको छ,” विभागले एक्समा लेखेको छ ।

किभस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई दूतावास बन्द हुने र कुनै पनि हवाई अर्लट बज्ने बित्तिकै आश्रय (सेल्टर) लिन आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसी भूमिमा लामोदुरीका मिसाइल हान्न अनुमति दिएसँगै रुससँगको युद्ध चर्किने सम्भावना बढेको छ ।

युक्रेनीले रुसी भूमिमा टाढासम्म आक्रमण गर्न थालेसँगै रुसले आफ्नो आणविक हतियार प्रयोग गर्ने नीति समेत परिमार्जन गरेको छ । यसबीच किभस्थित अमेरिकी दूतावासले ठूलो हवाई आक्रमण हुनसक्ने जानकारी पाएको जनाएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro