site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय

विराटनगर । कोसी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन छुट्टै ऐन निर्माण गर्न सैद्धान्तिक सहमति दिने र आयुर्वेद चिकित्सा सेवा अध्ययन, अनुसन्धान एवं सम्भाव्य अध्ययन गर्न बनाइएको कार्ययोजनालाई थप ३० दिन समय दिने निर्णय गरेको प्रवक्त राईले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro