site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माइडियाको मासिक लक्की ड्रमा बलराम कार्की विजयी

काठमाडौं । माइडिया होम एप्लायन्सेजले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालनमा ल्याएको ‘न्यु एरा अफ स्मार्ट लिभिङ’ योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रमअन्तर्गत विजेता घोषणा गरेको छ । उक्त योजनामा काठमाडौंका बलराम कार्की विजेता घोषित भएका छन् । कार्कीले आठ केजीको वासिङ मेसिन जितेका हुन् ।

कार्यक्रम माइडिया नेपालको सामाजिक सञ्जालमार्फत लाइभ गरी सम्पन्न गरिएको थियो । विजेता कार्कीले चौधरी समूहअन्तर्गतको आधिकारिक माइडिया डिलरबाट माइडिया उत्पादन खरिद गरी योजनामा सहभागी भएका थिए । सामान खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।

Argakhachi Cement Island Ad

माइडिया एक विश्वप्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो । यसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ । नेपालमा माइडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिसवासर, भ्याकुम क्लिनर, वाटर प्युरिफायर, रुम हिटरलगायत उपकरणहरू समावेश छन् ।

सीजी इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनीमध्ये एक हो । यस कम्पनीले माइडिया होम एप्लायन्सेजको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ । चौधरी समूहअन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीका अनुसार बम्पर ड्र कार्यक्रमहरू अझै बाँकी नै छन् । माइडिया उत्पादन खरिद गरी क्यूआर कोड स्क्यानमार्फत आफ्नो विवरण दर्ता गर्न र स्मार्ट जीवनशैलीका साथ उपहार जित्ने मौका नछुटाउन कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्