site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राकृतिक विपद् : ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी
फाइल तस्बिर ।

काठमाडौं । असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ । 

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।
 
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । 

दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेष्ट २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जीआईसीमा २१७, आईजीआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन् ।
 
नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार÷चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । 

कूल दाबीमध्ये ९०२ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

कूल एक हजार ६५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा ३९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार २३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार ७८० मात्रै भुक्तानी भएको छ । 

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । 

दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ । 

मोटर बिमा निजीतर्फ ८८७ दाबी परेकामा २८० को रु छ करोड १६ लाख ९७ हजार ५८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बिमा सार्वजनिकतर्फ ३५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार १७७ बराबरको भुक्तानी भएको छ । 

पुशपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार ८५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । 

कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।
 
प्राधिकरणका अनुसार कोसी प्रदेशमा २५१, मधेसमा १०१, वाग्मतीमा दुई हजार ९६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro