site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढुंगानाबाट नेताहरूले निष्ठाको पाठ सिक्न जरुरी : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक दलका नेताहरूले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन् । 

सोमबार काठमाडौंको नयाँगौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । 

आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरूले ठाने पनि उनले त्यस्तो नगरी निष्ठाको राजनीति गरेको उल्लेख गरे । नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरू जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्दै उनले जुन दलबाट भए पनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व. ढुंगानाबाट सिक्नुपर्ने बताए । 

"पछिल्लो समयमा उहाँले नेपालमा शान्ति स्थापना गर्ने कुरामा गरेको योगदान सम्झन्छु । अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के भनेसंसद्को सभामुख भइसकेपछि उहाँले हाम्रो पार्टीको सदस्यता त्यागेर सभामुखको आसनमा बस्नुभयो । र उहाँले संसद्मा सभामुखको भूमिका निर्वाह गर्नुभयो । हामीले त्यो कुरा बुझेनौँ । हाम्रो पार्टीबाट सभामुख हुनुभएका व्याक्तिको हामीप्रति अलि बढी झुकाव हुनुपर्दछ भन्ने हामीले ठान्यौँ," उनले भने । 

उनले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उनबाट निष्ठा सिक्न जरुरी रहेको उल्लेख गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro