site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाटन क्याम्पसको बीएस्सी सीएसआईटीमा मेरिट लिस्टबाहिरबाट भर्ना गरिएको आरोप, के भन्छ क्याम्पस ?

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्नातक तह बीएस्सी सीएसआईटी कार्यक्रममा योग्यताक्रमभन्दा बाहिरका विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । योग्यताक्रम (मेरिट लिस्ट)मा नाम निस्किएका विद्यार्थीलाई पाखा लगाएर सूचीमा नपरेकालाई भर्ना लिइएको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “पाटन संयुक्त क्याम्पसमा सञ्चालित बीएस्सी सीएसआईटी र बीआईटी कार्यक्रममा विद्यार्थी भर्ना गर्दा मेरिट प्रक्रियालाई रोकेर भागबन्डाबाट भर्ना गरिएको छ ।”

बीएस्सी सीएसआईटीमा चौथोपटकसम्म लिस्ट निकाल्दा २४ घण्टा पनि विद्यार्थीलाई प्रक्रियाको समय नदिइएको, दसैँतिहार बिदाका बेला लिस्ट सार्वजनिक गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

उक्त कार्यक्रमका निम्ति छुट्ट्याइएको १४४ मध्ये ३० सिट बाँकी रहँदा पाँचौँ लिस्ट ननिकालिएको विद्यार्थीको आरोप छ । “मेरिट लिस्टमा एक हजार ७९८ विद्यार्थी परेका थिए । तर, लिस्टमा परेका ३० जना विद्यार्थी बाँकी छँदै कलेजले अन्तिम लिस्ट पनि निकालेन र ६ हजारभन्दा बढी नम्बरमा परेका विद्यार्थी भर्ना गर्‍यो,” ‘पीडित’ विद्यार्थी राजकुमार खत्रीले बाह्रखरीसित भने ।

क्याम्पस प्रशासन र केही विद्यार्थी संगठनको मिलेमतोमा भर्ना प्रक्रियामा अनियमितता गरिएको उनीहरूको आरोप छ । लिस्टबाहिरका विद्यार्थी भर्ना गरेबापत अतिरिक्त पैसा लिइएको पनि उनीहरूले आरोप लगाएका छन् । चारवर्षे बीएस्सी सीएसआईटी कार्यक्रमका निम्ति त्रिविले दुई लाख ८० हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।

के भन्छ क्याम्पस प्रशासन ? 
बीएस्सी सीएसआईटी कार्यक्रममा भर्नाका क्रममा अनियमितता भएको बारे आफू जानकार नरहेको कार्यक्रम संयोजक दधिराम घिमिरे बताउँछन् । “हामीले प्रक्रियाअनुसार नै चारपटकसम्म मेरिट लिस्ट निकालेर भर्ना गरेका हौँ । बाहिरका विद्यार्थी परेको भन्ने मलाई जानकारी छैन,” उनले भने । 

प्रायोरिटीका आधारमा भर्ना लिएका हौँ : क्याम्पस प्रमुख
बीएस्सी सीएसआईटी कार्यक्रममा भर्ना लिने क्रममा ‘प्रायोरिटी लिस्ट’लाई समेत ध्यान दिइएको क्याम्पस प्रशासनको जिकिर छ । चौथो लिस्ट सार्वजनिक गर्दा समेत भर्ना हुन नआएका विद्यार्थीका ठाउँमा प्रायोरिटीमा परेकालाई लिइएको क्याम्पस प्रमुख उषा जोशीले बताइन् ।

“हामीले चारपटकसम्म लिस्ट निकाल्यौँ । तीमध्ये कतिपय विद्यार्थी समयमा भर्ना हुन आएनन् होला, उनीहरूको ठाउँमा प्रायोरिटीमा परेका विद्यार्थी भर्ना गरेका छौँ । बाहिरका गरेको होइन,” जोशीले भनिन् ।

मेरिट लिस्टबाहेक प्रायोरिटीमा पर्ने कस्ता विद्यार्थी हुन् त ? बाह्रखरीको प्रश्नमा क्याम्पस प्रमुख जोशीले भनिन्, “मेरिट लिस्टका बाहेक अरू विद्यार्थी पनि प्रायोरिटीमा हुन्छन्, उनीहरूले कलेज छान्न पाउँछन्, प्रायोरिटी फर्म भरेकाहरू हुन् ।”

भर्नाको समयावधि छोटो दिइएको भन्ने विद्यार्थीको गुनासोका विषयमा उनले डिन कार्यालयको निर्णय लागु हुने भएकाले यसमा क्याम्पसको कुनै हस्तक्षेप नभएको बताइन् ।

पाटन संयुक्त क्याम्पसमा गएको शैक्षिकसत्रमा समेत आईटीका कार्यक्रममा भर्ना प्रक्रियामा अनियमितता गरिएको भन्दै विद्यार्थीका तर्फबाट उजुरी दिइएको थियो । सोही कारण ती कार्यक्रममा ढिलो गरी कक्षा सुरु भएको थियो । यो वर्ष बीएस्सी सीएसआईटी कार्यक्रममा तीन दिनअघिदेखि कक्षा सुरु भइसकेको संयोजक घिमिरेले जानकारी दिए ।

l1-1731917402.jpg

l2-1731917402.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro