site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटालीलाई हराउँदै फ्रान्स शीर्ष स्थानमा, इजरायलसँग बेल्जियम स्तब्ध

काठमाडौं । आन्द्रिएन राबिओटको दुई गोलप्रेरित फ्रान्सले इटालीविरुद्ध ३–१ को जित निकाल्दै यूईएफए नेसन्स लिग समूह ए२ को शीर्ष स्थान हासिल गरेको छ ।

प्रतियोगितामा यी दुई टिमले क्वार्टरफाइनल यात्रा तय गरिसकेका छन् । सोमबार घरेलु मैदानमै पराजित भएपछि इटालीलाई उछिन्दै फ्रान्सले शीर्ष स्थान हासिल गरेको हो ।

Dabur Nepal
NIC Asia

सान सिरोमा फ्रान्सलाई जित दिलाउन राबिओटले दुई गोल गरे । फ्रान्सले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । इटालीका आन्द्रिया काम्बियासोले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमै राबिओटले फ्रान्सलाई अग्रतामा राखेका थिए । ३३औँ मिनेटमा इटालीका गोलकिपर गुलियामो भिकारियोबाट आत्मघाती गोल उपहार पाएपछि फ्रान्सले अग्रता दोब्बर बनायो । ३५औँ मिनेटमा इटालीका काम्बियासोले गोल फर्काएपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता बनाएको थियो । ६५औँ मिनेटमा राबिओटले दोस्रो गोल गरेपछि फ्रान्सले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो ।

जितसँगै ६ खेलबाट १३ अंक जोडेको फ्रान्सले शीर्ष स्थान हासिल गरेको हो । फ्रान्सले इटालीलाई गोलआधारमा पछि पारेको हो । समान खेल खेलेको इटालीको पनि १३ अंक नै छ ।

इजरायल १–० बेल्जियम
यही समूहको अर्को खेलमा इजरायलसँग बेल्जियम १–० ले स्तब्ध बनेको छ । खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा यार्डेन सुआले निर्णायक गोल गरेपछि इजरायलले अप्रत्याशित नतिजा निकालेको हो ।

जितका बाबजुद ६ खेलबाट चार अंक जोडेको इजरायल तालिकाको पुछारमा छ । समान खेलबाट चार अंककै बेल्जियम तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro