site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा

नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षामन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्‍याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् । 

हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविष्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।

संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।  

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।

उक्त हाइपरसोनिक हतियार शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ)ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिएको थियो । उक्त श्रव्यदृश्यमा रातको आकाशमा एउटा पातलो क्षेप्यास्त्र विस्फोट भएको देखिएको छ ।

“यो ऐतिहासिक क्षण हो र यो महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्ता महत्त्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका चुनिन्दा राष्ट्रहरूको समूहमा राखेको छ,” सिंहले भने । क्षेप्यास्त्रको बारेमा थप विवरण दिइएको छैन ।

नयाँदिल्लीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ।

अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद मस्कोको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro