site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको कल (भ्वाइस) तथा डाटा सेवामा समस्या आएको छ । आइतबार करिब आधा घण्टासम्म जीएसएम नेटवर्कको फोन कल तथा मोबाइल इन्टरनेटमा समस्या आएको हो ।

टेलिकमका प्रवक्ता हरि ढकालले आइतबार मध्याह्न १२ बजेर १० मिनेटमा सम्पर्क हुँदा भने समस्या समाधान भइसकेको बताएका छन् । आज बिहान ११ बजेबाट समस्या आएको थियो । 

उनले भने, “जीएसएमको भ्वाइस र डाटा दुवैमा करिब आधा घण्टा समस्या आएको थियो । अहिले समाधान भइसकेको छ ।”

समस्या के कारणले आएको हो भन्ने विषयमा प्राविधिक टिमले जानकारी दिइनसकेको उनले बताए । यसअघि पनि पटकपटक नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या आएर सेवा अवरुद्ध हुने गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro