site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथाकृति ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पित

काठमाडौं । कथाकार जीवराज भट्टराईको कथासंग्रह ‘अभिशप्त कुइनेटाहरू’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरेलगायत व्यक्तिले उक्त कृति सार्वजनिक गरेका हुन् ।

समालोचकद्वय डा. शान्तिमाया गिरी र डा. दीनबन्धु शर्माले कृतिभित्र समाजलाई सूक्ष्म तवरबाट निरीक्षण गरेर लेखिएका कथाहरू संगृहीत रहेको बताए । कथाभित्र पनि अनेक कथाहरू भेटिने उनीहरूले उल्लेख गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले वर्षमा दुई हजारभन्दा बढी पुस्तक प्रकाशन हुने गरेको बताए । सरकारले स्रष्टाको सम्मान गर्न नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रा. डा. गोपिन्द्रप्रसाद पौडेल, प्रा. डा. महेशकुमार आचार्य, प्रकाश घायल र डा. सदानन्द कडेलले आफ्नो धारणा राखेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro