site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशमा मन्त्रालय विभाजन

मकवानपुर । वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज (मंगलबार) बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

बिनाविभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालयको संख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल संख्या १४ पुगेको छ ।

बिनाविभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले गत साउन ९ गते बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro