site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलत गर्नेलाई आफ्नै पार्टीका भए पनि सरकारले छाड्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा देखिएका सबै खालका विकृति, विसंगति हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरुङले राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ रहेको बताए ।

उनले गलत क्रियाकलाप गर्नेलाई आफ्नै पार्टीका भए पनि सरकारले नछाड्ने बताए । मन्त्री गुरुङले मानव तस्करीमा जोडिएपछि मन्त्री पदबाट राजीनामा दिएका लिलावल्लभ अधिकारी पक्राउ एउटा संकेत भएको बताए ।

"त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारूढ दलको कुनै सांसद होस् कि, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ । चोरलाई चौतारो साधुलाई सुली हुँदैन, साधुलाई चौतारो, चोरलाई सुली नै हुन्छ । विस्तारै यस्ता गलत प्रवृत्ति नियन्त्रण गर्नेकुरामा हामी लाग्छौँ," उनले भने ।

सञ्चारमन्त्री गुरुङले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीर भएर लागेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro