site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको बिजुली बंगलादेश निर्यातमा भारतको अड्को ! यो वर्ष निर्यात सम्भावना न्यून 
फाइल तस्बिर

काठमाडौं । भारतले स्वीकृति नदिँदा बंगलादेश निर्यात गर्न लागिएको ४० मेगावाट बिजुली अनिश्चित भएको छ ।  गत असोज १७ गते भएको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेश बिक्रीका लागि पठाएका दुई आयोजना सहमति दिएको छैन ।

बंगलादेशसँग वर्षायामका बेला ४० मेगावाट बिजुली बिक्री सम्झौता भयो ।  तर, कुन जलविद्युत् कम्पनीको बिजुली बिक्री गर्ने हो, त्यसमा भारतको सहमति चाहिन्छ । तर, सहमति नआएपछि यो वर्ष बिजुली बिक्री नहुने देखिएको छ । 

असोज १७ गते भएको नेपाल–भारत–बंगलादेश त्रिपक्षीय हस्ताक्षरमा नेपालले १५ जुन देखि १५ नोभेम्बरसम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउँछ ।  नोभेम्बर १० सम्म भारतले निर्यात गर्ने आयोजनाको नाम ‘एप्रुभ’ नगर्दा यसवर्षको निर्यात ‘ब्रेक थ्रू’ नहुने देखिएको छ । 

Dabur Nepal
NIC Asia

प्राधिकरणले बंगलादेश निर्यातका लागि चिलिमे र त्रिशुली आयोजनाको नाम प्रस्ताव गरेको थियो ।  यी दुवै आयोजना यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।  भारतले नेपालबाट बिक्री गर्ने बिजुलीको हकमा आयोजनाको तीन पुस्ते विवरण माग्ने गरेको छ । 

आयोजना सुरुवातदेखि लगानीकर्ता, सञ्चालक समिति, बैंक, बैंक सञ्चालक लगायतका सम्पूर्ण विवरण माग्ने गरेको छ ।  यसरी प्रक्रिया पूरा गरेपछि मात्रै आफ्नो बजारमा बिजुली बिक्रीको अनुमति दिन्छ ।  भारत र नेपालबाहेकका ठेकेदारले काम गरेको अवस्थामा समेत भारतीय बजारमा बिक्री अनिश्चित हुने गरेको छ । 

२०७८ कात्तिकबाट भारतीय बजारमा बिक्रीका अनुमति पाएको छ । तर, भारतले अझै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न दिएको छैन ।  उक्त आयोजनाको सिभिल ठेक्का चिनियाँ कम्पनीले लिएका कारण पनि भारतले त्यसमा अनुमति दिन नचाहेको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय स्रोत बताउँछ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अुनसार, आइतबारसम्म भारतले बिजुली बिक्रीका लागि आयोजना सहमति दिएको छैन ।  “हामीले सम्झौता हुने बित्तिकै दुई आयोजना स्वीकृतिका लागि पठाएका हौँ,” उनले भने, “आजसम्म एप्रुभल आएको छैन । अब केही दिन बाँकी छ । आउँछ कि आशा गरौं ।”

नेपालबाट बंगलादेश बिजुली बिक्रीका लागि असोज १७ गते विद्युत् बिक्री सम्झौता (पीएसए) मा नेपालको तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डिभलपमेन्ट बोर्ड अध्यक्ष मोहमद रेजुल करिमले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताको केही दिनपछि नेपालले भारतमा बिक्री गरिरहेको आयोजना स्वीकृतिका लागि पठाएको थियो । 

बंगलादेशलाई बेच्ने बिजुलीका लागि प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको नाम सिफारिस गरेको थियो । 

दुवै आयोजना बंगलादेश बिक्रीका लागि भारतले पुनः अनुमति मागेको हो ।  नयाँ आयोजनामा सबै प्रक्रिया पुर्‍याउँदा समय लाग्ने भएपछि स्वीकृत प्राप्त आयोजना बंगलादेश बिक्रीको लागि पठाएको थियो । 

नोभेम्बर १५ सम्म स्वीकृति आएको खण्डमा नेपालबाट ४० मेगावाट बिजुली बिक्रीको ‘ब्रेक थ्रु’ हुनेछ । 

आगामी वर्षबाट भने पाँच महिनामा एक लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेशलाई बिक्री गर्नेछ । नेपालको बिजुली ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणमार्फत भारतरको मुजफ्फरपुर बिन्दुसम्म पुग्नेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।

भारतले आफ्नो प्रणालीमा नेपालको ४० मेगावाट विद्युत् जिम्मा लिएपछि बंगलादेश तर्फ ४० मेगावाट थप विद्युत् दिनेछ । सन् २०२३–०२४ मा बंगलादेशले भारतबाट एक अर्ब डलर बराबरको बिजुली खरिद गरेको थियो ।

भारतले बंगलादेश निर्यात गरिहेको विद्युत प्रणालीमा थप ४० मेगावाट बिजुली थपिदिनेछ ।  यसको सम्पूर्ण हिसाब भारतीय नोडल एजेन्सी एनभीभीएनले नेपाललाई बुझाउने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । 

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।  मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

बिजुली मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने तय भएको छ । 

बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने प्राधिकरणको भनाइ छ । 

भारतको एनभीभीएनले ०.०५९५ टाकाको ट्रेडिङ मार्जिन, ०.०९ टाका बराबरको प्रसारण शुल्क ०.७६ टाका प्राप्त तिर्दा युनिटको कुल लागत ८.१७ टाका (९.१७ नेपाली रुपैयाँ) पर्नेछ । नेपालले ४० मेगावाटको प्रतियुनिट ६.४० सेन्ट पाउनेछ । 

प्राधिकरणले भारतीय बजारमा ९४१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ । भारतसँग ०७८ कात्तिकबाट सुरु भएको थियो ।  पहिला ३९ मेगावाटबाट सुरु भएको भारतमा बिजुली बिक्री यात्रा हाल ९४१ मेगावाट पुगेको छ । 

आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपालले १७ अर्ब ७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको थियो । 

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डेअहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

नेपालले भारतमा मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् भारतमा बिक्री गरिरहेको छ । 

प्राधिकरणले २८ वटा आयोजनाहरूबाट भारतको बजारमा बिक्रीको अनुमति पाएको छ । जसमा मध्यकालिन सम्झौता ३६० मेगावाट छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro