site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा उपनिर्वाचनका लागि कांग्रेस र माओवादीले लगाए उमेदवारको टुंगो

उदयपुर । उदयपुरमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले उमेदवारको टुंगो लगाएका छन् । त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उमेदवारको टुंगो लगाएका हुन् ।

कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।

यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उमेदवार बनाउने निर्णय गरेको निर्वाचन क्षेत्र नम्बर १ का पार्टी सभापति खगेन्द्र राईले बताए ।

यसैगरी, माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राईलाई तथा बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उमेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

नेकपा (एमाले)ले भने केही दिनभित्र उमेदवार तय गर्ने एमाले उदयपुरका सचिव टेकबहादुर राउतले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro