site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा भूपेन्द्रलाई दुई रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजतपदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाई स्कुल जिम्नाजियममा यही नोभेम्बर ९ मा आयोजित प्रतियोगितामा उनले दुई स्पर्धामा दुई रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, यूएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ ।

भूपेन्द्रले जितेको यो पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । उनले यसअघि विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्णपदक जितेका छन् ।

उनले सन् २०१८ मा जर्मनीमा आयोजित विश्व च्याम्पियनसिप, २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र २०२२ मा यूकेमा युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

उनले २०२२ मा भारतको लखनऊमा आयोजित १४औँ राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro