site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा चिप नपठाउन ताइवानी कम्पनीलाई अमेरिकी निर्देशन

काठमाडौं । अमेरिकाले ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनी (टीएसएमसी)लाई चीनमा अत्याधुनिक चिप नपठाउन निर्देशन दिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणमा प्रयोग हुने चिप चिनियाँ ग्राहकलाई सोमबारदेखि ढुवानी नगर्न अमेरिकाले निर्देशन दिएको बताइएको छ ।

अमेरिकाको वाणिज्य विभागले टीएसएमसीलाई पत्र पठाउँदै सात न्यानोमिटर र त्यसभन्दा बढी अत्याधुनिक एआई र जीपीयूमा प्रयोग गर्न चीन पठाउन लागेका केही चिपको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसअघि टीएसएमसीले आफ्नो एक चिप हुवावेको एआई प्रोसेसरमा फेला परेको जानकारी अमेरिकी वाणिज्य विभागलाई गराएको थियो । त्यसको एकहप्तामै अमेरिकाले यो प्रतिबन्धको पत्र पठाएको हो ।

अमेरिकाले मुख्य प्रतिबन्ध लगाएको र त्यसको सूचीमा राखेको हुवावेलाई कुनै पनि सामान पठाउन लाइसेन्स लिनुपर्छ । कम्पनीको एआई विकासमा मद्दत गर्ने सामान ढुवानीका लागि अमेरिकाले अनुमति नदिने सम्भावना बढी छ ।

हुवावेमा आफ्नो चिप भेटिएपछि ताइवानी कम्पनी टीएसएमसीले चिनियाँ चिप डिजाइनर सोफगोलाई सामान ढुवानी रोकेको छ । यससँगै अमेरिकाले कुन कम्पनीले हुवावेलाई चिपजन्य उपकरण उपलब्ध गराइरहेका छन् भन्ने छानबिन बढाउने देखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro