site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

भरतपुर । चितवनमा बोलेरोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ स्थित नयन चोकमा आज मध्यान्न १२ बजे ना४च ६९५१ नम्बरको बलेरोले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका–४ घर भई हाल गैँडाकोट नगरपालिका–५ मा डेरा गरी बस्दै आएका १७ वर्षीय इशान अन्सारी रहेका छन् ।

बलेरोको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । ठक्कर दिने बलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro