site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा केन्द्रीय समितिको बैठक भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शनिबार (भोलि) बस्दै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक सुरु हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा बैठकमा छलफल गरिने उनले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछाने भने बैठकमा सहभागी हुने छैनन् । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro