site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली टिमका कप्तान रोहित भन्छन्– हार्दा पनि टिम सकारात्मक छ 
र्‍

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिम हारका बाबजुद पनि सकारात्मक रहेको बताएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा एकदिवसीय शृंखला खेलेर स्वदेश फर्किएपछि रोहितले विमानस्थलमा पत्रकारहरूसँग यस्तो बताएका हुन् । 

“५० ओभरमा ब्याटरहरूले अझै राम्रो गर्न सकेका छैनन् । ५० ओभरको खेल अझै धेरै खेल्न पर्‍यो । दुईदिने प्रतियोगिताहरू खेल्यो भने एक ब्याटर ५० ओभरको खेलका निम्ति अझै परिपक्क हुन्छन् जस्तो लाग्छ,” कप्तान रोहितले भने, “हार्दा पनि टिमका सबै खेलाडी सकारात्मक हुनुहुन्छ । नतिजा मात्रै आएको छैन, टिम एकदम राम्रो छ । पछिल्लो तीन वटा शृंखलामा राम्रो आएको छैन । त्यसैकारण आउँदा शृंखलामा चुनौती हुन्छ ।” 

नेपालले क्यानडा र अमेरिकामा दुई शृंखला खेलेको थियो । जसका आठमध्ये पाँच खेलमा नेपाल पराजित भएको थियो । नेपालले एक खेल जित्दा दुई खेल वर्षाका कारण रद्द भएको थियो । लिग–२ मा १२ खेल खेल्दा नेपाल ६ अंकसहित तालिकाको सातौँ स्थानमा छ । प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro