राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा बधाई दिँदै राष्ट्रपति पौडेलले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।”
प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले ट्रम्पलाई दिएको शुभकामना सन्देशमा ‘तपाईंको नेतृत्वमा विश्व शान्ति कायम हुनेछ भन्ने अपेक्षा छ’ भनेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १६:५९
प्रतिक्रिया दिनुहोस्