site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए ट्रम्पलाई बधाई, के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित औपचारिक रूपमा घोषणा भइसकेको छैन । तर, विश्वभरका नेताहरूले ट्रम्पलाई बधाई दिन थालेका छन् । 

यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । जेलेन्स्कीले भनेका छन्, “चुनावमा ठूलो जित हासिल गरेकोमा डोनाल्ड ट्रम्पलाई बधाई छ ।” 

Dabur Nepal
NIC Asia

जेलेन्स्कीले सामाजिक सञ्जाल एम्समा लेखेका छन्, “मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँग भएको भेटवार्ताको सम्झना छ । उक्त भेटमा हामीले युक्रेन–अमेरिकाको रणनीतिक साझेदारी, विजयको योजना र युक्रेनमाथि भइरहेको रुसी आक्रमण समाप्त गर्ने बारेमा छलफल गरेका थियौँ ।” 

विश्व मामिलामा ट्रम्पको ‘शक्तिमार्फत शान्ति’को प्रतिबद्धताको प्रशंसा गर्ने उनले बताएका छन् । यही सिद्धान्तले युक्रेनलाई शान्तिको नजिक ल्याउन सक्ने पनि उनले जनाएका छन् । “मलाई आशा छ कि हामी यो मिलेर पूरा गर्नेछौँ,” युक्रेनी राष्ट्रपतिले भनेका छन् ।

हालै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न ‘विजय योजना’ प्रस्तुत गरेका थिए । यसमा नेटोमा सामेल हुन औपचारिक निमन्त्रणा, रुसको भित्री भागसम्म आक्रमण गर्ने अनुमति दिने र रूसको कुर्स्क क्षेत्रमा निरन्तर आक्रमण गर्ने जस्ता विषय थिए । 

सेप्टेम्बरमा जेलेन्स्कीलाई भेटेपछि डोनाल्ड ट्रम्पले भनेका थिए, “यो युद्ध छिट्टै अन्त्य हुनुपर्छ किनभने युक्रेन र यसका राष्ट्रपतिले ठूलो कठिनाइको सामना गरिरहेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro