site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कमला ह्यारिसले गरिन् आफ्नो सम्बोधन रद्द

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसले आज हुने भनिएको आफ्नो सम्बोधन रद्द गरेकी छन् ।

ठूलो संख्यामा कमला ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् । यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

मतगणनाको नतिजा सोचेजस्तो नआएपछि ह्यारिसको कार्यालयबाहिर रहेका कार्यकर्तामा पहिलेको जस्तो उत्साह देखिएको छैन । 

मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् । यसमा उत्तरी क्यारोलिना र जर्जिया रहेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro