site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले हटाए सिरियाविरुद्धका सबै प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध यसअघि लगाएका सबै प्रतिबन्धहरू हटाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

ट्रम्पको यो कदमसँगै सिरियाका पूर्वराष्ट्रपति बसर अल असदको सत्तापलट भएको ६ महिनापछि देशमा लगानीका अवसरहरू खोल्ने सम्भावना बढेको अलजजिराले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार ट्रम्पको आदेशले सिरियाको विकास, सरकारको सञ्चालन र देशको सामाजिक संरचनाको पुनर्निर्माणका लागि महत्वपूर्ण संस्थाहरूलाई प्रतिबन्धबाट राहत प्रदान गरेको अमेरिकी ट्रेजरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
सन् २०११ मा देशमा गृहयुद्ध सुरु हुनुअघि नै सिरियाली सरकार भारी अमेरिकी वित्तीय प्रतिबन्धहरूको सामना गरिरहेको थियो ।

असदको नेतृत्वको सरकारले सिरियाली अर्थतन्त्रलाई पतनको संघारमा पुर्‍याएको थियो । ट्रम्पले मेमा मध्यपूर्वको भ्रमणका क्रममा सिरियाका लागि प्रतिबन्ध हटाउन प्रतिबद्धता जनाएका थिए । 

“अमेरिका स्थिर, एकीकृत र आफू र आफ्ना छिमेकीहरूसँग शान्तिमा रहेको सिरियालाई समर्थन गर्न प्रतिबद्ध छ,” अमेरिकी राष्ट्रपतिले विज्ञप्तिमार्फत भनेका छन् । अलजजिरा

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्