site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तेलंगानामा ‘रियाक्टर’ विस्फोट भएर आगलागी, २७ जनाको मृत्यु

काठमाडौं । भारतको तेलंगाना राज्यको संगारेड्डीस्थित पासामाइलरम औद्योगिक क्षेत्रमा ‘रियाक्टर’ विस्फोट भएर आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।

सोमबार (जुन ३०) बिहान सिगाची केमिकल्स कारखानामा रियाक्टर विस्फोटका कारण भीषण आगलागी हुँदा मानिसको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनामा ज्यान गुमाएका चारजनाको पहिचान भइसकेको  छ । बाँकी २३ जनाको पहिचानको प्रयास जारी छ ।

यो दुर्घटनामा ३५ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

जिल्ला प्रशासनले घटनामा २४ जना हराइरहेका र उनीहरूको खोजीकार्य जारी रहेको जनाएको छ । ५७ जना भने सुरक्षित छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, “तेलंगानाको संगारेड्डीमा कारखानामा भएको आगलागीको घटनामा मानिसको मृत्युले मलाई दुःखी बनाएको छ । आफ्ना प्रियजन गुमाउनेहरूप्रति हाम्रो समवेदना छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्