site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छठका लागि भारतबाट ५० लाखका केरा आयात

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले रु २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष रु ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए । 

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सातजना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् । उनीहरूले उक्त ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । 

विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।
 
ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनकै बढ्दै गरेको जनसंख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । 

जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । 

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro