site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सोमबार अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस जितेको स्कटल्यान्डले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेल नेपाली समयानुसार राति १०ः१५ बजेदेखि सुरु हुने छ । नेपाल दोस्रो जितको खोजीमा छ ।

Dabur Nepal
NIC Asia

यही शृंखलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो । 

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रिँदै छ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरूको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ । त्यस्तै, स्कटल्यान्ड १० खेलबाट १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro