site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा नग्न भएर घुम्ने युवती पक्राउ, सरकारको चौतर्की विरोध

काठमाडौं । संयुक्त राष्ट्रसंघले इरानको आजाद विश्वविद्यालयमा हिजाबको विरोध गरेको भन्दै एक युवतीलाई पक्राउ गरेकामा चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र संघकी विशेष रिपोर्टर माओ सातोले घटनाको भिडियो सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गर्दै यस विषयमा आफूले नजिकबाट नजर राख्ने बताएकी छन् ।

इरानमा महिला अधिकारका लागि आन्दोलन गरेको आरोपमा जेलमा परेकी मानव अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीले जेलबाट विज्ञप्ति जारी गर्दै महिलाले आफ्नो विरोधको मूल्य चुकाउनुपर्ने बताएकी छन् । उनले लुगा फुकालेर विरोध गर्ने युवतीलाई विद्रोह, आक्रोश र विरोधको प्रतीक भन्दै रिहाइको माग गरेकी छन् ।

एम्नेस्टी इरानले पनि विद्यार्थीलाई तत्काल रिहा गर्न र उनको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूलाई अनुरोध गरेको छ । एम्नेस्टीले भनेको छ, "युवतीलाई यातना र दुर्व्यवहारबाट जोगाइनुपर्छ र उनको परिवार र वकिलसम्म पहुँच गर्न दिइनुपर्छ ।"

इरानको राजधानी तेहरानमा एक छात्रा नग्न भएर घुमेको घटना सार्वजनिक भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार यो घटना तेहरानको आजाद युनिभर्सिटी अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो । युनिभर्सिटीकी एक छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी थिइन् ।

नग्न घुमेको केही समयपछि इरानी प्रहरीले विद्यार्थीलाई हिरासतमा लिएको थियो । हिरासतमा राखेर विद्यार्थीलाई कुटपिटसमेत गरिएको थियो ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इरानमा महिलामाथि लगाइएको कडा कानुनविरुद्ध विश्वभर चर्चा बढेको छ । युवतीको समर्थनमा ‘साइन्स एन्ड रिसर्च गर्ल’ ह्यासट्याग पनि भाइरल भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro