site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानमा नग्न भएर किन घुमिन् विश्वविद्यालयकी छात्रा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । इरानको राजधानी तेहरानमा एक छात्रा नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ । रोयटर्सका अनुसार, यो घटना तेहरानको आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो । यहाँ विश्वविद्यालयकी एक छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी हुन् ।

नग्न घुमेको केही समयपछि इरानी प्रहरीले ती विद्यार्थीलाई हिरासतमा लिएको थियो । इरानी न्युजलेटर अमिर कबीरका अनुसार, विद्यार्थीलाई हिरासतमा राखेर कुटपिट पनि गरिएको थियो ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा विद्यार्थी विश्वविद्यालय वरिपरि घुमिरहेको देख्न सकिन्छ ।

विश्वविद्यालयका प्रवक्ता अमिर महजोबले एक्समा पोस्ट गर्दै विद्यार्थीको अवस्था मानसिक रूपमा राम्रो नभएको बताएका छन् ।

इरानमा महिलाको पहिरनमा कडा ड्रेस कोड लागु गरिएको छ । यस अनुसार, सार्वजनिक स्थानमा महिलाले हिजाब लगाउन अनिवार्य गरिएको छ । यस्तो अवस्थामा विद्यार्थीको कदमलाई इरानको सत्ताविरुद्ध आवाज उठाइएको रूपमा हेरिएको छ ।

२०२२ मा पनि भएको हिजाब विरोधी प्रदर्शन

सन् २०२२ मा इरानको कुर्दिस्तान प्रान्तकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको थियो। अमिनीलाई इरानको नैतिकता प्रहरीले हिजाब राम्रोसँग नलगाएको भन्दै पक्राउ गरेको थियो ।

पक्राउपछि हिरासत केन्द्रमा लैजाँदा नैतिकता प्रहरीले अमिनीको लुगा च्यातेर कुटपिट गरेको थियो । त्यसपछि अस्पतालमा अमिनीको मृत्यु भएको थियो । मृत्युपछि कुर्दिस्तानदेखि तेहरानसम्म नैतिकता प्रहरीविरुद्ध प्रदर्शन भएको थियो ।

अमिनीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरूको उपस्थिति थियो । अन्त्येष्टिमा सहभागी महिलाले हिजाब फुकालेर विरोध गरेका थिए । हिजाबको विरोधमा धेरै महिलाहरूले आफ्नो कपाल पनि काटेका थिए । आन्दोलनका क्रममा ५५१ जनाको मृत्यु भएको थियो भने हजारौँलाई गिरफ्तार गरिएको थियो ।

झन्डै तीन महिनाको आन्दोलनपछि इरान सरकारले नैतिक प्रहरीलाई खारेज गर्ने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro