site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीले भने– प्रतिशोध साँधेर कसैलाई पक्राउ गरिएको छैन, जीबी राईलाई खोज्दै छौँ

पोखरा । गृहमन्त्री रमेश लेखकले प्रतिशोधका आधारमा कसैलाई पक्राउ नगरिएको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताइरहेको सन्दर्भतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमात्र गरेको बताए ।

मुस्ताङबाट काठमाडौं जाने क्रममा पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने बताए । संसदीय समितिले दिएको निर्देशनअनुसार जो कोही भए पनि अनुसन्धानको दायरामा ल्याइने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले उनलाई सोधेका थिए– जीबी राईलाई कहिले पक्राउ गर्नुहुन्छ ?

जवाफमा उनले राईलाई खोजेर नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको बताए । उनले खोजीका विषयमा पक्राउ नगरिकन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक नहुने बताए ।

सरकारले सहकारी ठगी प्रकरणका दोषी र आरोपितलाई कारबाहीको प्रक्रियामा ल्याउने मात्र काम नगरेको बताउँदै उनले सहकारी पीडितहरूले रकम कसरी फिर्ता पाउँछन् भन्ने विषयमा समेत फास्ट ट्र्याकबाट काम अगाडि बढाएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro