site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मुकुन भन्छन्– म स्टारडम भएको कलाकार होइन भन्ने स्वीकार्छु 

काठमाडौं । अभिनेता मुकुन भुसालले आफू स्टार अभिनेता नभएको बताएका छन् । आफू स्टारडम भएको कलाकार नभएको उनले बताएका हुन् । 

“अरुले के भन्छन्, त्यो छुट्टै कुरा हो । तर, म स्टारडम भएको कलाकार हुँ भन्ने म मान्दिनँ,” मुकुन भन्छन् । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण टिमले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू सर्पोटिङ क्यारेक्टरमा पहिलादेखि नै काम गर्दै आएको बताए ।  

“मेरो पहिलो चलचित्र बुलबुल पनि फिमेलसेन्ट्रिक थियो । त्यसमा म पुरुषको रोलमा थिएँ,” उनी भन्छन्, “मलाई अनजानमा मेन क्यारेक्टरजस्तो देखिएको मात्रै हो । तर खासमा म त्यसमा सपोर्टिभ क्यारेक्टरमा थिएँ ।” 

‘पूर्ण बहादुरको सारङ्गी’पछि पनि आफू लिड क्यारेक्टरमा आउने तर यो सिनेमामा सहायक अभिनेता भएर काम गर्न आफूलाई असहज नभएको उनी बताउँछन् । “सेन्ट्रल क्यारेक्टरमा काम गरिनै रहनेछु । तर कहिलेकाहीँ सानो रोलले पनि लोभ्याइदिन्छ,” मुकुन भन्छन्, “भोलि दर्शकले पूर्ण बहादुरको सारङ्गी हेर्दैगर्दा मैले गरेको वीरेको क्यारेक्टरलाई माया गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।” 

कुनै सिनेमामा स्क्रिन टाइम छोटो भए पनि त्यसले अनपेक्षित रूपमा काम गर्ने उनी सुनाउँछन् । “हामी भयंकर स्टारडम भएको कलाकार हैनौँ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ, म यो स्वीकार गर्छु,” उनी भन्छन्, “राम्रो काम गर्ने हो । कतै सहायक क्यारेक्टर होला, कतै लिड होला । हाम्रो धर्म काम गर्ने हो, अभिनय गर्ने हो । अभिनय गर्दा स्क्रिनटाइम कति हो भन्ने कुराले मलाई खासै केही गर्दैन ।”

कात्तिक १५ गते रिलिज हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल लिड रोलमा हुँदा मुकुन सहायक रोलमा छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro