site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुगलले वेब ब्राउजरमा प्रयोगकर्ताका लागि काम गरिदिने एआई सिस्टम ल्याउँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । गुगलले वेब ब्राउजरमा प्रयोगकर्ताका लागि विभिन्न काम गरिदिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिस्टम सार्वजनिक गर्ने भएको छ । प्रोजेक्ट जार्भिस नाम दिइएको एआई सिस्टमले रिसर्च संकलन, सामान खरिद गर्नेदेखि फ्लाइट बुक गर्ने जस्ता काम गरिदिने बताइएको छ ।

गुगल जेमिनीको फ्युचर संस्करणमा आधारित यो एआई सिस्टमले वेब ब्राउजरबाट मात्रै काम गर्ने छ । यो एआई सिस्टममा मुख्यरूपमा गुगल क्रोमका लागि हुने ठानिएको छ ।

ठूला एआई कम्पनीले यस किसिमका प्रणाली विकासका लागि काम गरिरहेका छन् । माइक्रोसफ्टको कोपाइलट भिजन हेरिरहेको वेब पेजबारे प्रयोगकर्तासँग कुराकानी गर्न सक्षम हुने बताइएको छ ।

एप्पल इन्टेलिजेन्स अर्काे वर्षसम्म स्क्रिनमा प्रयोगकर्ताले गरिरहेको कुरा बुझेर अन्य एपमा सघाउन सक्ने बताइएको छ ।

एन्थ्रोफोबिकले मान्छेका लागि कम्प्युटर चलाइदिने कम्बरसम र इररप्रोन सार्वजनिक गरेको छ । ओपनएआईले पनि यसमा काम गरिरहेको बताइएको छ ।

गुगलले उक्त एआई सिस्टमलाई डिसेम्बरसम्म सार्वजनिक गर्न सक्ने ठानिएको छ ।

याहुबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro