site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विपद्पछि जहिल्यै ठगिन्छन् उपभोक्ता, प्रत्येक नेपालीको चुलोसम्म कसरी पुग्दैछ महंगी ?

काठमाडौं । विपद्का घटनाले दुईथरि प्रभाव पार्छ, एउटा प्रत्यक्ष र अर्को अप्रत्यक्ष । यस्ता घटनाबाट हुने जनधनको क्षति प्रत्यक्ष प्रभावको रुपमा बुझिन्छ । यसमा मानिसको मत्यु, घर÷जग्गाको क्षति, घरपालुवा पशुपंक्षीको मृत्यु आदि पर्छन् ।

विपद्का घटनापछि प्रायः छलफल नै नहुने विषय हो यसले पार्ने अप्रत्यक्ष प्रभाव । यसमा त्यस्ता व्यक्ति पर्छन्– विपद्का घटनाले प्रत्यक्ष रुपमा जनधनको क्षति गरेको हुँदैन तर विपद्कै कारण दैनिक जीवनमा अनेकथरी बोझ थपिदिएको हुन्छ ।

उदाहरणका लागि २०८१ असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षालाई लिउँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति गर्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनमै क्षतिको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्यो ।

Dabur Nepal
NIC Asia

प्रतिवेदन अनुसार देशभर तीन दिन परेको भारी वर्षाले २४६ जनाको ज्यान लियो, १८ जना बेपत्ता बनायो, १७८ जना घाइते भए, ५ हजार ९१६ घरमा पूर्ण क्षति, १२ हजार ४७७ घरमा आंशिक क्षति र १० हजार ८०७ परिवारलाई विस्थापित गरेको थियो । 

तीन दिनको भारी वर्षापछिको बाढी तथा पहिरोले ४५ अर्ब ८२ करोड ९७ लाख ७१ हजार ५० रुपैयाँ बराबरको आर्थिक क्षति गर्यो ।  यो आर्थिक क्षति सडक तथा राजमार्ग, जलविद्युत, दूरसञ्चार, खानेपानी, पुल, कृषिलगायतका क्षेत्रमा गरेको थियो । यो त भयो प्रत्यक्ष प्रभाव । 

असोजमा तीन दिन परेको भारी वर्षाले अप्रत्यक्ष प्रभाव के गर्यो त ? यस प्रश्नको जवाफ मूल्यवृद्धिसँग सम्बन्धित भएर खोज्ने प्रयास हामीले गरेका छौं । 

त्यसो त, बाढी तथा पहिरोले बाटो, पुल भत्काउँदा दैनिक यात्र कष्टर मात्र होइन लामो र महंगो पनि बनाएको छ । हामी भने विपद्का घटनापछि लाखौं जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि कसरी भान्सासम्म पुग्छ भन्नेतर्फ मात्र केन्द्रित भएका छौं, जसबारे धेरैले ध्यान नै दिएका हुँदैनन् ।

नेपालले पछिल्लो पटक ठूलो विपद्को सामना गत असोजमा गरेको थियो । असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले ठूलो जनधनको क्षति गरेको थियो ।

त्यसपछि देशमा महँगी कसरी बढ्यो त्यो कृषि तथ पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले देखाउँछ । 

समितिको तथ्याङ्क अनुसार २०८१ असोज १० गते प्रतिकेजी तरकारी तथा फलफूलको औसत मूल्य यस्तो थियो– गोलभेडा ठूलो (भारतीय) ९५ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३१.६७ रुपैयाँ, आलु रातो (भारतीय) ६१ रुपैयाँ, आलु रातो (मुडे) ७१ रुपैयाँ, गाजर (लोकल) १२५ रुपैयाँ, गाजर (तराई) ११०, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (तराई) ३५ रुपैयाँ, काउली स्थानीय ७५ रुपैयाँ, मूला रातो ३१.६७ रुपैयाँ, मूला सोतो (लोकल) २२.३३ रुपैयाँ, भन्टा लाम्चो २२.३३ रुपैयाँ, बोडी (तने) ६५ रुपैयाँ, घिउ सिमी (लोकल) ५५ रुपैयाँ, परवर (लोकल) ६५ रुपैयाँ, भिण्डी ४२.३३ रुपैयाँ, रायो साग ७५ रुपैयाँ, डल्ले च्याउ २७६.६७ रुपैयाँ, पुदीना ५७६.६७ रुपैयाँ, लोकल काक्रो ४२.३३ रुपैयाँ र हाइब्रीड काक्रो १७.६७ रुपैयाँ कायम थियो । 

भारी वर्षापछि आएको बाढी तथा पहिरो सडक, राजमार्ग र पुलहरु भत्कायो । त्यसपछि क्रमशः मूल्यवृद्धि हुँदै गएको समितिको तथ्याङ्कले देखाउँछ । 

असोज २५ गते आइपुग्दा तिनै तरकारी तथा फलफलुको प्रतिकेजी औसत मूल्य बढेर यस्तो भएको देखिन्छ, गोलभेडा ठूलो (भारतीय) १४१.२५  रुपैयाँ, गोलभेडा सानो (लोकल) १०१.२५ रुपैयाँ, आलु रातो (भारतीय) ६२.७५ रुपैयाँ, आलु रातो (मुडे) ८२.८० रुपैयाँ, गाजर (लोकल) १४५.७५ रुपैयाँ, गाजर (तराई) १३५.७५ रुपैयाँ, बन्दा (लोकल) ५५.७५ रुपैयाँ, बन्दा (तराई) ३५.७५ रुपैयाँ, काउली स्थानीय १३५.७५ रुपैयाँ, मूला रातो ६४ रुपैयाँ, मूला सोतो (लोकल) ६५.७५ रुपैयाँ, भन्टा लाम्चो ६५ रुपैयाँ, बोडी (तने) १११.२५ रुपैयाँ, घिउ सिमी (लोकल) ८४.२५ रुपैयाँ, परवर (लोकल) ८५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ, रायो साग २०३.३३ रुपैयाँ, डल्ले च्याउ ४७६.६७ रुपैयाँ, पुदिना ८५० रुपैयाँ, लोकल काक्रो १४१.२५ रुपैयाँ र हाइब्रीड काक्रो ६५ रुपैयाँ । 

तरकारीको मूल्य भारी वर्षाले क्षति गर्नुअगाडि र त्यसपछिको १२ दिनमा सामान्यदेखि तीन गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । 

यस्तो समयमा भारतबाट आयात गरिएका तरकारीको भन्दा देशभित्रै उत्पादन (लोकल) गरिएका तरकारीको मूल्य उच्चदरमा वृद्धि भएको समितिको तथ्याङ्कले देखाउँछ । यस्तो पहिलो पटक भएको हो त ? यसअघि यस्ता विपद्का घटना हुँदा वा अप्ठ्यारो अवस्था आउँदा के हुन्थ्यो ? यी प्रश्नको जवाफ पनि समितिको तथ्याङ्कले दिन्छ ।

संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । 

समितिको विवरण अनुसार संविधान जारी भएको दिन अर्थात् असोज ३ गते नेपालमा प्रतिकेजी तरकारी तथा फलफूलको मुल्य ठूलो गोलभेडा (नेपाली)को ४५ रुपैयाँ, प्याज (भारतीय)को ६५ रुपैयाँ, लाम्चो भन्टाको ३५ रुपैयाँ, बोडी (तने)को ७५ रुपैयाँ, घिउसिमी (लोकल) ३५ रुपैयाँ, बरेलाको २८ रुपैयाँ, पिंडालुको ३५ र सौफको साग ६५ रुपैयाँ थियो । 

संविधान जारी भएको २५ दिनपछि अर्थात् २०७२ असोज २८ गते प्रतिकेजी तरकारी तथा फलफूलको मूल्य ठूलो गोलभेडा (नेपाली)को ५५ रुपैयाँ, प्याज (भारतीय)को ९५ रुपैयाँ, लाम्चो भन्टाको ४५ रुपैयाँ, बोडी (तने)को ९६ रुपैयाँ, घिउसिमी (लोकल) ४५ रुपैयाँ, बरेलाको ४५ रुपैयाँ, पिंडालुको ४५ रुपैयाँ र सौफको साग १०५ रुपैयाँ पुगेको थियो । 

समितिका यी तथ्याङ्कले विपद् तथा आपत्का बेला नेपालीको भान्सामा महँगी पनि सँगै पुग्ने गरेको देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro