site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार लामो समयसम्म टिकाउन वर्तमान सत्तासमीकरण : उपप्रधानमन्त्री सिंह  

चितवन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले सोमबार आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्का चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

सरकार लामो समयसम्म टिकाउन पनि वर्तमान सत्तासमीकरण बनेको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले भने, “विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।” 

फरक प्रसंगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । “पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्त्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,” उपप्रधानमन्त्री सिंहले भने । नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे । 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढंगबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताए । यसका लागि सबै संगठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro