देश
काठमाडौं । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २२१ केजी ३८ ग्राम गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा धनुषा प्रहरीबाट खटेको टोलीले जनकपुरधाम–१४ बाबा आयल सेन्टर अगाडिबाट लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित २२१ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १८:०५
प्रतिक्रिया दिनुहोस्