site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाको प्रदर्शन
Tiktok banner adTiktok banner ad

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । रास्वपाले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्ताका लागि प्रदर्शन गरिएको रास्वपाले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरूले 'राजनीतिक प्रतिशोध बन्द गर, प्रतिवेदनले के भन्छ– ८७ अर्ब ले भन्छ, लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन'लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन सहितको र्‍याली नयाँ बानेश्वर पुगेपछि प्रहरीले निषेधित क्षेत्रमा रोकेको थियो ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

रास्वपाले राजनीतिक प्रतिशोधका लागि लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको छ । अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र सरकारमा देखिएको रास्वपाको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro