site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच सहकार्यको समझदारी 

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने समझदारीमा हस्ताक्षर गरी आदानप्रदान भएको छ । 

गएको शुक्रबारदेखि ललितपुरमा भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका क्रममा आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङले हस्ताक्षर भएको पाँचबुँदे समझदारीपत्र आदानप्रदान गरेका छन् । 

Argakhachi Cement Island Ad

समझदारीमा विश्वविद्यालयका फ्याकल्टिज, प्राध्यापक तथा अनुसन्धानकर्ता आदानप्रदान गर्ने, सुदूरपश्चिमका विद्यार्थीहरू आदानप्रदान गर्ने, शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने उल्लेख छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. पन्तले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीचको समझदारी दुरगामी महत्त्व राख्ने जानकारी दिए । 

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्रा. डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिकका लागि सुपरभाइज गरेका छन् । समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् । 

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रूपमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्