site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध भारत : सन् २०२२ को इतिहास दोहोर्‍याउने लक्ष्यमा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलमा मैदान उत्रिँदा नेपाल सन् २०२२ को इतिहास दोहोर्‍याउने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि सन् २०२२ मा घरेलु मैदानमै भएको साफमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो । रश्मीकुमारी घिसिङले निर्णायक गोल गर्दा नेपालले साफ महिला च्याम्पियनसिपको भारतविरुद्ध निकालेको यो पहिलो जित थियो । त्यसअघि नेपालले पाँचमध्ये चार संस्करणको फाइनलमा र एक संस्करणको सेमिफाइनलमा भारतसँग नै हार बेहोरेको थियो ।

जारी संस्करणमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा आएको हो । समूह चरणमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा नेपालले दोस्रो खेलमा भने माल्दिभ्सविरुद्ध ११–० र तेस्रो खेलमा श्रीलंकाविरुद्ध ६–० को जित निकालेको थियो ।

समूह ‘ए’ को उपविजेता भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराउँदा दोस्रो खेलमा भने बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

भारतविरुद्धको सेमिफाइनलअघि नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ यसअघि समूह चरणका खेलजसरी नखेल्ने बताए ।

“भारतले नि छोड्दैन । हामी पनि छोड्दैनौँ । पक्कै पनि घरेलु समर्थकको राम्रो समर्थन पाउने छौँ हामीले । भारतलाई सानो रुपमा लिने कुरै हुँदैन,” उनले भने, “किनकी उनीहरूको खेलाडी युरोपमा खेलिसकेका छन् । यसअघिका तीन खेलमा खेलेजस्तो खेल हामी भारतविरुद्ध खेल्दैनौँ ।”

नेपालले साफ महिला च्याम्पियनसिपमा भारतसँग यसअघि ६ खेल खेलेको छ । त्यसमध्ये भारतले पाँच खेलको नतिजा आफ्नो पक्षमा राखेको थियो ।

दोस्रो सेमिफाइनलमा भारतकी बालादेवी र नेपालकी सावित्रा भण्डारी (साम्बा) हेर्नलायक खेलाडीको रूपमा रहने छन् । आ–आफ्नो देशका निम्ति उच्च गोलकर्ता रहेका यी दुवै खेलाडी फाइनल थर्डको पासलाई गोलमा परिणत गर्न माहिर छन् । दक्षिण एसियाकै उच्च गोलकर्ता समेत रहेकी सावित्रा भण्डारीले नेपालबाट ५४ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । उनलाई पछ्याइरहेकी बालादेवीको नाममा ५१ गोल गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशले भुटानसँग खेल्ने तालिका छ । यो खेल दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro