site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग–२ शृंखलामा अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

लिगमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ । नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ ।

घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हारसहित १२ अंक जोडेको छ । यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटले पराजित भएको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।

अमेरिका र नेपालबीच लिग–२ अघि तीन खेलको ट्वान्टी–२० शृंखला भएको थियो । उक्त शृंखला नेपालले ‘ह्वाइट वास’ गरेको थियो । आज नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

अमेरिका र नेपालबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमध्ये दुवै टिमले समान दुई खेल जितेका छन् । यी दुई टिमबीचको अर्को एक खेल भने ‘टाइ’ भएको थियो ।

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro