site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनमा उमेदवारले कति खर्च गर्न पाउँछन् ? 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उमेदवारको खर्च सीमा तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै खर्चको हद तोकिएको जानकारी दिए । 

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारका लागि सात लाख पचास हजार रुपैयाँ तोकिएको छ । उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले पाँच लाख पचास हजार रुपैयाँ खर्च गर्न पाउनेछन् ।

नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले चार लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् । 

महानगरपालिकाका वडा अध्यक्षका उमेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष उमेदवारले दुई लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

नगरपालिकाका वडा अध्यक्षका उमेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उमेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नसक्ने गरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro