site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
प्रतीकात्मक तस्बिर ।

खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४, मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि नफर्किएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्किएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गएको साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन ‘अल्टिमेटम’ दिएको थियो । उनी नफर्किएपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताए ।

यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro