site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको सयदिने उपलब्धि ः स्वास्थ्य मन्त्रालयका तीनवटा परे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको सय दिनको उपलब्धिमा स्वास्थ्य मन्त्रालयका तीनवटा विषय परेका छन् । प्रधानमन्त्रीले जलन उपचार नि:शुल्क, बहिरंग सेवा दुई सिफ्टमा सञ्चालन गर्ने र क्यान्सरको उपचार सातै प्रदेशमा पुर्‍याउने कदमलाई सरकारको उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् ।

“अभाव र गरिवीको जीवन बाँचिरहेका नागरिकहरूको सेवा, हाम्रो तेस्रो प्राथमिकता थियो । यसका लागि हामीले आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,” प्रधानमन्त्रीले भनेका छन् ।

उनले अगाडि थपे, “कोसी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल, वाग्मती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च बेहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।”

उनले क्यान्सरको उपचार सेवा सातै प्रदेशमा विस्तार र दुई सिफ्ट बहिरंग सेवा (ओपीडी) सञ्चालनलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरे ।

“यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेका छौँ,” प्रधानमन्त्रीले भनेका छन्, “देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्‍चालन गरी १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro