बाह्रखरी फोटो
काठमाडौं । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला उन्न किसानलाई भ्यानभ्याइ छ । तिहारका लागि मखमली फूल टिपेर बजारमा बिक्री गर्न किसान व्यस्त छन् । तिहारलाई लक्षित गर्दै यहाँका केही किसानले मखमली फूलको खेती गरेका छन् ।
भक्तपुरको गुण्डु मखमली फूलको पकेट क्षेत्र हो ।
भक्तपुरमा दुई दशकभन्दा लामो समयदेखि मखमली फूल उत्पादन हुँदै आएको छ । बर्सेनि मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारी बारीमै पुग्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ ०९:४४
प्रतिक्रिया दिनुहोस्